तेहरान । अमेरिका–इजरायलको आक्रमणमा अयातुल्ला अली खामेनेईको मृत्युपछि इरानमा नयाँ सुप्रीम लिडरको चयन प्रक्रिया सुरु भएको छ। ईरान इन्टरनेशनलका अनुसार, मोजतबा खामेनेईलाई देशको नयाँ सुप्रीम लिडरको रूपमा चयन गरिएको छ।
इरानको शक्तिशाली असेंबली अफ एक्सपर्ट्सले मोजतबा खामेनेईको नाममा सहमति जनाएको हो। यो निर्णय इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्स (IRGC)को दबाबमा गरिएको बताइएको छ। असेंबलीमा ८८ सदस्य हुन्छन्, जसले सुप्रीम लिडर चयन गर्ने संवैधानिक जिम्मेवारी वहन गर्छन्।
मोजतबा खामेनेईका पिता अली खामेनेई सन् १९८९ मा सुप्रीम लिडर बनेका थिए। यो इरानी क्रान्तिपछि दोस्रो पटक हो, जब असेंबली अफ एक्सपर्ट्सले सुप्रीम लिडर चयन गरेको हो।
आर्थिकन्यूज