नयाँ दिल्ली । अमेरिका, इजरायल र इरानबीच जारी युद्धका कारण इरानले विश्वकै महत्वपूर्ण होर्मुज रुट बन्द गरेको छ। यसका कारण भारतीय झण्डा भएका ३७ जहाज र १,१०९ भारतीय नाविक फारसको खाडी र ओमानको खाडीमा फसेका छन्।
युद्धका कारण पश्चिम एशियाका ८ देशले आफ्नो एयरस्पेस बन्द गरेका छन्। २८ फेब्रुअरीदेखि सुरु भएको युद्धपछि भारतीय एयरलाइन्सले १,११७ अन्तर्राष्ट्रिय उडान रद्द गरेका छन्। यसले हजारौं यात्रुहरूलाई एयरपोर्टमा फस्न बाध्य बनाएको छ।
इरानका सुप्रीम लिडर अयातुल्ला अली खामेनेईको मृत्यु भएको केही घण्टामै पाकिस्तानमा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन । कराचीमा प्रदर्शनकारीहरूले अमेरिकी कन्सुलेटमा धावा बोल्ने प्रयास गरेका थिए। इस्लामाबादको कूटनीतिक क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच भिडन्त भएको थियो। सुरक्षाकर्मीसँगको झडपमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ भने १२० भन्दा बढी घाइते भएका छन्।
आर्थिकन्यूज