शीर्षकहरू

पर्सा र सिरहामा दुई उम्मेदवार पक्राउ

पर्सा र सिरहामा दुई उम्मेदवार पक्राउ

पर्सा । आगामी प्रतिनिधिसभा निर्वाचनको मुखैमा दुई उम्मेदवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नं २ का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
  
नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर उनलाई चार जनासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरि बहादुर बस्नेतले जानकारी दिए।  

जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा क्षेत्र नं ३ का उम्मेदवार अशेश्वर यादवलाई मौन अवधिका बेला नगदसहित पक्राउ गरिएको छ।  

नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको स्कारपियो गाडीलाई राति करिब १२:३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकेर तलासी लिँदा ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ। सोही गाडीबाट मतपत्रसमेत फेला परेको दाबी गरिएको छ।  नगदसहित यादव र पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।