शीर्षकहरू

निर्वाचन बिदामा पनि बैंकिङ सेवा सुचारु रहने, कुन बैंकले कहाँबाट दिँदैछन् सेवा ? (सूचीसहित)

निर्वाचन बिदामा पनि बैंकिङ सेवा सुचारु रहने, कुन बैंकले कहाँबाट दिँदैछन् सेवा ? (सूचीसहित)

काठमाडौं । सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सार्वजनिक बिदा घोषणा गरे पनि बैंकिङ सेवा पूर्ण रूपमा बन्द नहुने भएको छ। नेपाल राष्ट्र बैंकले मतदानको दिन बाहेक अन्य सार्वजनिक बिदामा समेत सीमित बैंकिङ सेवा सुचारु राख्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

केन्द्रीय बैंकले मंगलबार सूचना जारी गर्दै फागुन २१ गते (मतदानको दिन) बाहेकका सार्वजनिक बिदामा अत्यावश्यक वित्तीय कारोबार नरोक्न व्यवस्था मिलाउन भनेको हो। यो निर्णय निर्वाचन आयोग को अनुरोधमा गरिएको जनाइएको छ।

राष्ट्र बैंकका अनुसार सरकारी राजस्व संकलन, भुक्तानी व्यवस्था तथा निर्वाचन प्रचारप्रसारका लागि खोलिएका बैंक खातामार्फत हुने नगद तथा चेक कारोबार प्रभावित नहोस् भन्ने उद्देश्यले यस्तो निर्देशन जारी गरिएको हो। सरकारी कारोबारका लागि तोकिएका वाणिज्य बैंकहरूले राजस्व दाखिला र भुक्तानी सम्बन्धी काम सुचारु राख्नुपर्नेछ।

निर्वाचन आयोगको फागुन १९ गतेको निर्णयअनुसार उम्मेदवार तथा राजनीतिक दलहरूको आर्थिक कारोबारलाई सहज बनाउने र राजस्व तथा भुक्तानी प्रक्रिया निरन्तर राख्ने उद्देश्यले राष्ट्र बैंकले बैंकहरूलाई आंशिक रूपमा सेवा सञ्चालन गर्न भनेको हो।

कुन बैंकले कहाँबाट दिँदैछन् सेवा ? (सूचीसहित)

निर्देशनपछि अधिकांश वाणिज्य बैंकहरूले तोकिएका शाखा तथा काउन्टरमार्फत सीमित समयका लागि सेवा उपलब्ध गराउने सूचना सार्वजनिक गरेका छन्।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकले हालसम्म सेवा सञ्चालनबारे सार्वजनिक सूचना जारी गरेका छैनन्। सिद्धार्थ बैंक ले भने होलीडे काउन्टर बन्द रहने जनाएको छ।

अन्य प्रमुख बैंकहरूले प्रदेशगत रूपमा तोकिएका शाखा कार्यालय खुला राख्ने बताएका छन्। उपत्यकासहित देशका मुख्य व्यापारिक केन्द्रहरूमा सीमित समयका लागि काउन्टर सञ्चालन गरिनेछ। राष्ट्र बैंकले बैंकहरूलाई सेवा समय, शाखा सूची र उपलब्ध गराइने सेवाबारे स्पष्ट सूचना जारी गर्न समेत आग्रह गरेको छ। 

निर्वाचन बिदामा विभिन्न वाणिज्य बैंकहरूले तोकिएका शाखा कार्यालयमार्फत सीमित बैंकिङ सेवा उपलब्ध गराउने भएका छन्। बैंकहरूले सार्वजनिक गरेको सूचनाअनुसार सेवा दिने शाखाहरू यसप्रकार छन् :

नबिल बैंक

कोशी प्रदेशमा विराटनगर, बिर्तामोड, धरान, इटहरी र दमक शाखा खुला रहनेछन्।
मधेश प्रदेशमा वीरगन्ज र जनकपुर (पिडारीचोक) सेवा दिनेछन्।
गण्डकी प्रदेशमा पोखरा, लुम्बिनीमा बुटवल, भैरहवा र नेपालगञ्ज (धम्बोजी), कर्णालीमा सुर्खेत तथा सुदूरपश्चिममा धनगढी शाखा सञ्चालन हुनेछन्।

बागमती प्रदेशमा तीनधारा, ललितपुर, न्यूरोड, बिजुलीबजार, कुमारीपाटी, बौद्ध, महाराजगञ्ज, कौशलटार, नारायणगढ र हेटौँडा शाखा खुला रहने बैंकले जनाएको छ।

प्रभु बैंक

बबरमहलस्थित मुख्य कार्यालयसहित जनकपुर, पोखरा (रत्नचोक), इटहरी, कमलादी, विराटनगर, वीरगन्ज, ललितपुर, भक्तपुर, भैरहवा, नेपालगञ्ज, धनगढी र थानकोट शाखाबाट सेवा उपलब्ध हुनेछ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

विराटनगर, वीरगन्ज, जनकपुर, दरबारमार्ग, सिपाडोल, पुल्चोक, ठमेल, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा खुला रहनेछन्।

कृषि विकास बैंक

बिहान १० बजेदेखि दिउँसो १:३० बजेसम्म कञ्चनबारी, धरान, बर्दिबास, सिमरा, जोरपाटी, लगनखेल, रत्नपार्क, नारायणगढ, कान्तीराजपथ (हेटौँडा), पोखरा, पालुङटार, हुवास, भैरहवा, खस्यौली, धम्बोझी, कोहलपुर, सुर्खेत, धनगढी र दोधाराचाँदनी शाखाबाट सेवा उपलब्ध गराइनेछ।

नेपाल एसबीआई बैंक

विराटनगर, बिर्तामोड, जनकपुर, वीरगन्ज, दरबारमार्ग, टेकु, सिर्जना चोक, पोखरा, बुटवल, भैरहवा, सुर्खेत र धनगढी शाखा सञ्चालनमा रहनेछन्।

एनआईसी एशिया बैंक

न्यूरोड (खिचापोखरी), थानकोट, नारायणगढ, कमलादी, पुल्चोक, भक्तपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट सेवा दिइनेछ।

ग्लोबल आइएमई बैंक

कोशी प्रदेशमा हनुमानदास रोड, गाईघाट, धुलाबारी, तीनपैनी, इटहरी, धरान, इनरुवा र ट्राफिक चोक (विराटनगर) शाखा खुला रहनेछन्।

मधेश प्रदेशमा वीरगन्ज, लहान, जनकपुर, गोलबजार, मिर्चैया र लालबन्दी शाखाबाट सेवा उपलब्ध हुनेछ।

बागमती प्रदेशमा कान्तिपथ, न्युरोड, कुलेश्वर, धापासी, ठमेल, नारायणगढ, मध्य–बानेश्वर, कमलादी, हेटौँडा, चाबहिल चोक, पानीपोखरी, त्रिपुरेश्वर, गोंगबु, कोटेश्वर, कलंकी, अनामनगर, टाँडी, सूर्यविनायक, जावलाखेल, बनेपा, थानकोट, सुकेधारा, चारखाल (डिल्लीबजार), पनौती, शंखमुल र इमाखेल शाखा सञ्चालन हुनेछन्।

यसका साथै बागलुङ, पोखरा, बुटवल, नेपालगञ्ज, भैरहवा, घोराही, सुर्खेत, टिकापुर, अत्तरिया, क्याम्पस चोक (धनगढी) र महेन्द्रनगर शाखाबाट पनि सेवा दिइने बैंकले जनाएको छ।

ग्राहकलाई सेवा समय र उपलब्ध सेवाबारे सम्बन्धित बैंकको आधिकारिक सूचनाबाट जानकारी लिन आग्रह गरिएको छ।