एजेन्सी । अमेरिका–इजरायल र इरानबीच जारी युद्ध आज पाँचौँ दिनमा पुगेको छ। यसबीच इरानले दुबईस्थित अमेरिकी दूतावासलाई निशाना बनाइएको दाबी गरेको छ। उता इजरायलले इरानको राजधानी तेहरान र लेबनानको राजधानी बेरुतमा हवाई आक्रमण गरेको जनाइएको छ।
इस्लामिक रेवोल्यूशनरी गार्ड कॉर्प्स (आईआरजीसी)ले आफ्नो प्रतिआक्रमणका क्रममा पहिलो दुई दिनमै करिब ६५० अमेरिकी सैनिक मारिएको वा घाइते भएको दाबी गरेको छ। तर अमेरिकाले भने उक्त दाबी अस्वीकार गरेको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राति दिएको अभिव्यक्तिमा इरानले पहिले आक्रमण गर्ने तयारी गरेको सूचनाका आधारमा आफूले अमेरिकी सेनालाई इजरायलसँग मिलेर प्रतिआक्रमण गर्न आदेश दिएको बताएका छन्। क्षेत्रीय तनाव झन् चर्किँदै जाँदा दुवै पक्षबाट आक्रमण र प्रतिआक्रमणको श्रृंखला जारी रहेको छ।
आर्थिकन्यूज