शीर्षकहरू

शंकास्पद वस्तु राखेर आतंकित बनाउने गिरोह सक्रिय, नागार्जुनमा बाल्टिनभित्र बालुवा र तार मात्रै भेटियो

शंकास्पद वस्तु राखेर आतंकित बनाउने गिरोह सक्रिय, नागार्जुनमा बाल्टिनभित्र बालुवा र तार मात्रै भेटियो

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–२, तीनघरे क्षेत्रमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको प्रहरीले जनाएको छ।देशका विभिन्न स्थानमा संकास्पद बस्तु राखेर सार्वसाधारणलाई आतंकित बनाउने गिरोह सक्रिय रहेको छ । 

आज बिहान करिब ६:१५ बजे शोभा अधिकारी रेग्मीको घरको गेटअगाडि रातो कपडाले बेरिएको शंकास्पद वस्तु भेटिएको थियो। स्थानीय बासिन्दाले उक्त वस्तु देखेपछि तत्काल सुरक्षाकर्मीलाई खबर गरेका थिए।

सुरक्षा निकायको टोलीले आवश्यक सावधानी अपनाउँदै बिहान ८:५० बजे उक्त वस्तु नष्ट गरेको हो। परीक्षणका क्रममा ४ लिटरको रंगको बाल्टिनभित्र बालुवा, तार र प्लास्टिक सामग्री फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।