शीर्षकहरू

सुन तोलामा ११ हजार र चाँदी २७५ रुपैयाँले घट्यो

सुन तोलामा ११ हजार र चाँदी २७५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ११ हजार रुपैयाँले घटेर ३ लाख १७ हजार ६०० रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २७५ रुपैयाँले घटेर ५ हजार ५४० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ८१५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरूले बताएका छन्।

null