शीर्षकहरू

साइबर ब्युरोद्वारा सामाजिक सञ्जालमा विशेष निगरानी, समाजमा भ्रम फैलाउने धमाधम पक्राउ

साइबर ब्युरोद्वारा सामाजिक सञ्जालमा विशेष निगरानी, समाजमा भ्रम फैलाउने धमाधम पक्राउ

काठमाडौं । बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गरी सामाजिक सञ्जालमा फैलिन सक्ने विभिन्न प्रकारका भ्रम र गलत सूचनामाथि नेपाल प्रहरीको साइबर ब्युरोले विशेष निगरानी बढाएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका बालेन साहलाई शुभकामना पठाएको भन्दै नक्कली भिडियो बनाएर भ्रम छर्ने नन्दप्रसाद भट्ट पक्राउ परेका छन् । 

निर्वाचनको समयमा झुटा समाचार, अफवाह र भ्रामक सामग्री फैलाएर शान्ति–सुरक्षा तथा मतदाताको मनोविज्ञानमा असर पार्ने प्रयास हुन सक्ने भन्दै ब्युरोले अनलाइन प्लेटफर्महरूमा सक्रिय अनुगमन गरिरहेको जनाएको छ।

अधिकारप्राप्त निकायका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन साइबर सुरक्षासम्बन्धी उजुरीको तत्काल अनुसन्धान गर्ने व्यवस्था पनि मिलाइएको छ।