काठमाडौं । वैदेशिक रोजगार विभागले प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले दिएको सार्वजनिक विदाको अवधिभर अनलाइन श्रम स्वीकृति कार्य सञ्चालन गर्ने भएको छ।
विभागले मंगलबार सूचना जारी गर्दै २१ फागुनदेखि २२ फागुनसम्म प्रदेशस्थित श्रम तथा रोजगार कार्यालयका कर्मचारी निर्वाचनमा खटिनुपर्ने भएकाले सो अवधि भर श्रम स्वीकृतिको सम्पूर्ण कार्य विभागमार्फत मात्र हुने जनाएकाे हो। यसअघि सो सेवा सम्बन्धित प्रदेश कार्यालयमार्फत दिइँदै आएको थियो।
आर्थिकन्यूज