शीर्षकहरू

आइसिसी विश्वकप लिग-२ : नेपाल, ओमान र युएईबीचको त्रिकोणीय एकदिवसीय सिरिज स्थगित

आइसिसी विश्वकप लिग-२ : नेपाल, ओमान र युएईबीचको त्रिकोणीय एकदिवसीय सिरिज स्थगित

काठमाडौँ। आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले कीर्तिपुरस्थित त्रिवि मैदानमा फागुन २६ देखि चैत ६ गते हुने तय भएको सिरिज हालका परिस्थितिका कारण स्थगित भएको जानकारी दिएका छन्।

लामाका अनुसार, “मध्यपूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै काठमाडौंमा मार्च १० देखि सुरु हुने भनिएका लिग–२ का खेलहरू थप सूचना नआएसम्मका लागि स्थगित गरिएको छ। ओमान, यूएई र नेपालसँग सम्बन्धित खेलहरू प्रभावित छन्। आगामी दिनमा थप परामर्शपछि नयाँ मिति घोषणा गरिनेछ।”

सिरिजका लागि युएई र ओमानको टोली नेपाल आउने तालिका थियो। तर खाडी मुलुकमा हवाई मार्ग बन्द भएकाले उनीहरू आउन सकेनन् र यही कारणले स्थगित गरिएको हो।

नेपालका लागि २० सदस्यीय प्रारम्भिक टोली घोषणा भइसकेको थियो र टोली हाल बन्द प्रशिक्षणमा छ। लिग–२ तालिकाअनुसार नेपालले २० खेलबाट १२ अंक जोडेर सातौं स्थानमा छ, युएई १० अंकसहित पुछारमा छ भने ओमान २४ अंकसहित चौथो स्थानमा रहेको छ।

null