शीर्षकहरू

असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास नगर्न सेनाको अपिल

असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास नगर्न सेनाको अपिल

काठमाडौं । नेपाली सेनाले सुनियोजित ढङ्गबाट प्रसारित असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास नगर्न, नगराउन अपिल गरेको छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुरक्षा र मत पेटिका व्यवस्थापनका विषयमा उठेका विषयहरुमा प्रश्न उठेकोप्रति सार्वजनिक अपिल गरेको हो।

‘नेपाली सेनाले आफ्नो गैर राजनीतिक चरित्र कायमा राख्दै संविधान प्रदत्त एवं अन्य जिम्मेवारीहरू सदैव कुशलतापूर्वक निर्वाह गर्दै आएकोमा आसन्न प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अनुसार सरोकारवाला सबै निकायहरूसँग समन्वय र सहकार्य सहित सुरक्षाका कार्यहरू गर्दै आएको छ ।

सो क्रममा नेपाली सेनालाई जोडेर सुनियोजित ढङ्गबाट प्रसारित असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास नगर्नरनगराउन आम जनसमुदायलाई हार्दिक अपिल गर्दछौ,’ सेनाले अपिलमा भनेको छ ।