शीर्षकहरू

निर्वाचनका दिन पत्रकारहरूले प्रेस कार्ड देखाएर आवतजावत गर्न पाउने

निर्वाचनका दिन पत्रकारहरूले प्रेस कार्ड देखाएर आवतजावत गर्न पाउने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पत्रकारहरूले आधिकारिक परिचयपत्र देखाएर आवतजावत गर्न पाउने भएका छन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचना संकलन तथा सम्प्रेषणका लागि खटिने पत्रकारहरूले सूचना विभाग, सञ्चार रजिस्ट्रारको कार्यालय वा आयोगले जारी गरेको परिचयपत्र देखाएर हिँडडुल गर्न र सवारीसाधन सञ्चालन गर्न सक्नेछन्।

आयोगले सूचना विभागको कार्ड नभएका पत्रकार तथा सञ्चारकर्मीलाई समेत विशेष पास उपलब्ध गराएको जनाएको छ। आयोगबाट पास नलिएका पत्रकारहरूले भने सूचना विभाग वा सञ्चार रजिस्ट्रारको कार्यालयबाट प्राप्त आधिकारिक कार्ड देखाएर आवतजावत गर्न सक्नेछन्।

यस सम्बन्धमा आवश्यक सहजीकरण गर्न सुरक्षा निकायलाई जानकारी गराइसकिएको आयोगले जनाएको छ।