शीर्षकहरू

सुर्खेत विमानस्थलमा श्री एयरलाइन्सको जहाजको टायर पड्कियो

सुर्खेत विमानस्थलमा श्री एयरलाइन्सको जहाजको टायर पड्कियो
फाइल तस्विर

सुर्खेत ।  सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको जहाजको टायर पड्किएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो १:५२ बजे काठमाडौंबाट आएको एन–एओएल दर्ता नम्बरको जहाजमा यो घटना भएको हो।  

जहाजमा ५० यात्रु सवार थिए। अवतरणपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा टायर पड्किएको हो। सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको प्राधिकरणले जनाएको छ।  घटनापछि जहाजलाई ग्राउन्डेड गरिएको छ। सुर्खेत–काठमाडौं उडान तत्कालका लागि रद्द गरिएको छ।