शीर्षकहरू

देशभरका भन्सार नाका ७२ घण्टाका लागि बन्द, बिहीबार साँझ ६ बजेपछि मात्रै खुल्ने

देशभरका भन्सार नाका ७२ घण्टाका लागि बन्द, बिहीबार साँझ ६ बजेपछि मात्रै खुल्ने

काठमाडौं। निर्वाचनलाई मध्यनजर गर्दै सरकारले देशभरका भन्सार नाका ७२ घण्टाका लागि बन्द गरेको छ। बुधबार बिहान ६ बजेदेखि बिहीबार साँझ ६ बजेसम्मका लागि भन्सार कार्यालयहरू बन्द रहने जनाइएको छ।

विरगन्ज भन्सार कार्यालयले जारी गरेको सूचनाअनुसार २० फागुन बिहान ६ बजेदेखि २१ फागुन साँझ ६ बजेसम्म आपतकालीन सेवा बाहेकका सवारी साधनलाई नेपाल प्रवेशमा रोक लगाइएको छ। यद्यपि, नेपालबाट भारततर्फ जाने खाली मालवाहक सवारी साधनलाई भारत प्रवेशका लागि आवश्यक सहजीकरण गरिने उल्लेख गरिएको छ।

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै देशभरका सबै भन्सार नाका बन्द गरिएको जानकारी दिए। उनका अनुसार बिहीबार साँझ ६ बजेपछि मात्र भन्सार सेवा पुनः सञ्चालनमा आउनेछ।

तर इन्धन, औषधि तथा अस्पतालजन्य सामग्री, हरियो तरकारी र फलफूल बोकेका सवारी साधनलाई भने आवतजावतमा रोक नलगाइने जनाइएको छ।

सरकारले निर्वाचन अवधिभर सुरक्षा व्यवस्थालाई कडा बनाउने तयारीसँगै सीमावर्ती गतिविधिमा निगरानी बढाएको छ।