मोरङ । मोरङको सुनवर्षी नगरपालिका–६, पटियापाडा माविको (ग) मतदान केन्द्रमा खटिएका नेपाल विद्युत् प्राधिकरण रंगेली वितरण केन्द्रका सहायक पाँचौँ तहका कर्मचारी रंजित सिवा बुधबार पक्राउ परेका छन्।
रंगेली–२ निवासी ३७ वर्षीय सिवाले मतदान अधिकृत तथा अन्य कर्मचारीसँग झगडा र गालीगलौज गर्दै निर्वाचन प्रक्रियामा असहयोग गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले सिवालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। भोलि प्रतिनिधि सभा निर्वाचन हुँदैछ।
आर्थिकन्यूज