शीर्षकहरू

टी-20 विश्वकप : न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा

टी-20 विश्वकप : न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा

एजेन्सी । न्युजिल्यान्डले बुधबार कोलकाताको ईडन गार्डेन्समा भएको पहिलो सेमीफाइनलमा दक्षिण अफ्रिकालाई एक विकेटले पराजित गर्दै दोस्रो पटक टी-20 विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

पहिलो पटक टोली सन् २०२१ मा फाइनल पुगेको थियो। कप्तान मिचेल स्यान्टनरले टस जितेर बलिङ रोजेपछि दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेटमा १६९ रन बनाएको थियो।

जवाफी खेलमा न्युजिल्यान्डले १२.५ ओभरमै एक विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। फिन एलेनले ३३ बलमा नाबाद १०० रन बनाउँदै टी-20 विश्वकप इतिहासकै सबैभन्दा छिटो शतक पूरा गरे।