शीर्षकहरू

डोल्पामा निर्वाचन कर्मचारी र प्रहरी नै विरामी, हेलिकप्टरबाट उद्धार

डोल्पामा निर्वाचन कर्मचारी र प्रहरी नै विरामी, हेलिकप्टरबाट उद्धार

काठमाडौं । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–६ फोतगाउँस्थित मतदान केन्द्रमा खटिएका कर्मचारी र निर्वाचन प्रहरी बिरामी परेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

लेक लागेर बिरामी भएका उनीहरूलाई आज हेलिकप्टरबाट दुनै पुर्‍याई जिल्ला अस्पतालमा भर्ना गरिएको सेनाले जनाएको छ। भोलि प्रतिनिधि सभा निर्वाचन हुँदैछ।