काठमाडौं । नेकपा नेता तथा रोल्पा–प्रत्यक्ष उम्मेदवार वर्षमान पुनले आज रोल्पा नगरपालिका–७ स्थित बाल उदय माध्यमिक विद्यालय माडीचौरमा मतदान गरेका छन्।
मतदानपछि पुनले मताधिकार प्रयोगले देश निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै सबैलाई मतदानमा सहभागी हुन आह्वान गरे।
उक्त विद्यालयमा पुनसँगै पूर्वसभामुख ओनसरी घर्ती र लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनमगरले पनि मतदान गरेका छन्।
आर्थिकन्यूज