काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज रोल्पाको परिवर्तन गाउँपालिका–३ थुनिकोटस्थित श्री बाल शिक्षा माध्यमिक विद्यालयमा मतदान गरेका छन्।
विप्लवले २०६४ को संविधानसभा निर्वाचनमा मतदान गरेपछि लामो समयसम्म मतदान नगरेका थिए। यसपटक भने उनकी पार्टीले निर्वाचनमा भाग लिएको छ। निर्वाचन आयोगमा दल दर्ता गरेर नेकपा (माओवादी) आधिकारिक रूपमा पहिलो पटक निर्वाचनमा सहभागी भएको हो। रोल्पामा नेकपा (माओवादी)का उम्मेदवार चुडामणि वली ‘आदर्श’ले पनि गंगादेव गाउँपालिका–३ नाउलीस्थित मतदान केन्द्रमा मतदान गरेका छन्।
आर्थिकन्यूज