शीर्षकहरू

प्रधानमन्त्री कार्कीले धापासी पुगेर गरिन् मतदान

प्रधानमन्त्री कार्कीले धापासी पुगेर गरिन् मतदान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । बिहीबार बिहानै काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन् ।

यसअघि उनले बिहान सामाजिक सञ्जालमार्फत् सबैलाई मतदानमा उत्साहका साथ सहभागी हुन अनुरोध गरेकी थिइन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु। तपाईँको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण छ। शान्तिपूर्ण निर्वाचनका लागि देखाउनुभएको संयम र समझदारीप्रति आभार।’