शीर्षकहरू

निर्वाचनले आगामी पाँच वर्षका लागि देश सञ्चालनको मार्गचित्र तय गर्छ : गगनकुमार थापा

निर्वाचनले आगामी पाँच वर्षका लागि देश सञ्चालनको मार्गचित्र तय गर्छ : गगनकुमार थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान निर्वाचनले आगामी पाँच वर्षका लागि देश सञ्चालनको स्पष्ट मार्गचित्र तय गर्ने बताएका छन् ।

काठमाडौँको मैतीदेवी मन्दिरस्थित मयुर कुण्ड मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान ‘लिक’भन्दा बाहिर गएपछि लामो समयसम्म राजनीतिक अनिश्चितता रहने चिन्ता उत्पन्न भएको उल्लेख गरे। त्यस अवस्थाबाट देशलाई बाहिर निकाल्न र संविधानलाई पुनः ‘ट्रयाक’मा ल्याउनका लागि निर्वाचन अनिवार्य भएको उनको भनाइ थियो।

थापाले निर्वाचन हुने–नहुने भन्ने द्विविधाका बीच पनि देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको बताउँदै मतदाताले उत्साहपूर्वक सहभागिता जनाइरहेको उल्लेख गरे।

नेपाली कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। उनी सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन।