काठमाडौं । सवार हेलिकप्टर झापामा अवतरण हुन नसकेपछि पुनः काठमाडौं फर्किएको छ। हेली एभरेस्टको ‘नाइन एन–एओबी’ (काठमाडौं–झापा) उडानमार्फत शाहसहित पाँच सदस्यीय टोली बिहान ९:१२ बजे झापाका लागि प्रस्थान गरेको थियो। तर खराब मौसमका कारण निर्धारित गन्तव्यमा अवतरण सम्भव नभएपछि हेलिकप्टर डाइभर्ट गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्काइएको हो।
हेलिकप्टर बिहान १०:१० बजे Tribhuvan International Airport मा सुरक्षित अवतरण गरेको जनाइएको छ।
शाहले बिहान काठमाडौंमा मतदान गरेपछि झापाका लागि प्रस्थान गरेका थिए। मौसम प्रतिकूल भएपछि उडान रद्द गरी टोली काठमाडौंमै फर्किएको हो।
आर्थिकन्यूज