काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट उम्मेदवार रहेका Balen shah सवार हेलिकप्टर झापातर्फ उडेपछि बीचमैबाट काठमाडौं फर्किएको छ। शाहका सहयोगी सुरेन्द्र बजगाईंका अनुसार हेलिकप्टर प्रयोगका लागि अनुमति फागुन २० गते नै प्राप्त भएको थियो । सोही अनुमति अनुसार उडान गरिएको हो। तर सुरक्षासम्बन्धी सुझावका कारण झापा नजाने निर्णय गरिएको उनले बताए।
शाहले बिहान सिनामंगलस्थित मतदान केन्द्रमा मत हालेर त्रिभुवन विमानस्थलबाट झापाका लागि हेलिकप्टर चढेका थिए। हेलि एभरेष्टका प्रदीप गौतमका अनुसार हेलिकप्टर करिब ५२ नटिकल माइल दूरी पार गरेपछि काठमाडौं फर्काइएको हो।
‘५२ माइल टाढा पुगेपछि उनले नै काठमाडौं फर्कौं भने,’ गौतमले भने, ‘त्यसपछि हेलिकप्टर फर्कियो।’ उनले हेलिकप्टर फर्कनुको कारण प्राविधिक समस्या नभएको स्पष्ट पारे। कुन सुरक्षा निकायले यस्तो सुझाव दिएको भन्ने विषयमा भने उनले खुलाएनन्।
आर्थिकन्यूज