शीर्षकहरू

चितवन–३ मा मतदातासँग ‘कसलाई भोट हाल्नुभयो भनेर सोध्ने कर्मचारी पक्राउ

चितवन–३ मा मतदातासँग ‘कसलाई भोट हाल्नुभयो भनेर सोध्ने कर्मचारी पक्राउ

चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–३ मा मतदानका लागि खटिएका एक कर्मचारीलाई मतदातासँग भोटसम्बन्धी प्रश्न सोधेको आरोपमा पक्राउ गरिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार ती कर्मचारीलाई हाल प्रहरीको नियन्त्रणमा राखिएको छ। उनी कार्यालय सहयोगी तहका कर्मचारी हुन्।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार ती कर्मचारीले मतदान गरिसकेका मतदातालाई “केमा भोट हाल्नुभयो ?” भन्दै सोधेको पाइएपछि नियन्त्रणमा लिइएको हो। घटना चितवनको माडी क्षेत्रमा भएको जनाइएको छ। उक्त निर्वाचन क्षेत्रमा रेणु दाहाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र सबिता गौतम राष्ट्रिय स्वतन्त्र पार्टी लगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।