बागलुङ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बागलुङस्थित अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ। जिल्ला कारागार बागलुङमा सञ्चालन गरिएको अस्थायी मतदान केन्द्रमा ९६.३६ प्रतिशत मत खसेको छ। कारागारमा रहेका ५५ जना कैदीबन्दीमध्ये ५३ जनाले मतदान गरेको कारागार प्रमुख तथा निर्वाचन अधिकारी धिरेन्द्र पन्तले जानकारी दिए।
उनका अनुसार दलका प्रतिनिधिसँग आवश्यक छलफल गरी मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइनेछ। जिल्लामा कुल २३० मतदान केन्द्र रहेका छन् भने १ लाख ९३ हजार ३८१ जना मतदाता कायम रहेको निर्वाचन कार्यालयले जनाएको छ। जिल्लाभर मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको जनाइएको छ।
आर्थिकन्यूज