शीर्षकहरू

मध्यपूर्वमा युद्ध झन चर्किने संकेत, अमेरिका–इजरायल र ईरान युद्ध रोक्ने प्रस्ताव अमेरिकी संसदद्वारा अस्वीकृत

मध्यपूर्वमा युद्ध झन चर्किने संकेत, अमेरिका–इजरायल र ईरान युद्ध रोक्ने प्रस्ताव अमेरिकी संसदद्वारा अस्वीकृत

एजेन्सी । मध्यपूर्वमा जारी अमेरिका–इजरायल र ईरानबीचको युद्ध छैटौँ दिनमा प्रवेश गरेको छ। ईरानमाथि अमेरिकी हमलाको १०० घण्टा पूरा भइसकेको छ। यसबीच अमेरिकी संसदमा ईरानविरुद्ध थप सैन्य कारबाही रोक्ने उद्देश्यले प्रस्तुत गरिएको प्रस्ताव अस्वीकृत भएको छ।

मतदानमा प्रस्तावको पक्षमा ४७ मत र विपक्षमा ५३ मत परेको थियो। आवश्यक बहुमत नपुग्दा प्रस्ताव पारित हुन सकेन। यसको अर्थ राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानविरुद्ध सैन्य कारबाही जारी राख्न सक्ने अवस्था कायम रहेको छ।

रिपोर्टअनुसार इजरायल र अमेरिकाले हालसम्म ईरानमा ५ हजारभन्दा बढी बम प्रहार गरेका छन् र २० वटा ईरानी युद्धपोत डुबाएको दाबी गरिएको छ। यी आक्रमणमा १ हजारभन्दा बढी मानिसको मृत्यु भएको उल्लेख छ।

ईरानले पनि जवाफी कारबाही गर्दै मध्यपूर्वका ९ देशमा रहेका अमेरिकी सैन्य आधारहरूलाई निशाना बनाएको जनाएको छ।