शीर्षकहरू

तोरी बारीको सौन्द्रयले बढायो चीनको पर्यटन

तोरी बारीको सौन्द्रयले बढायो चीनको पर्यटन

काठमाडौं । चीनमा वसन्त ऋतु सुरु भएसँगै विभिन्न स्थानमा फुलेका पहेँला तोरीका फूलहरूले आन्तरिक पर्यटकलाई आकर्षित गर्न थालेका छन् ।

धेरै चिनियाँ नागरिकहरू प्रारम्भिक वसन्त ऋतुको दृश्य अवलोकन गर्न देशका विभिन्न रमणीय गन्तव्यतर्फ बिदा मनाउन निस्किएका छन् ।

दक्षिण–पश्चिम चीनको चोङकिङ नगरापालिकामा यतिबेला तोरीका खेतहरू ढकमक्क फुलेका छन् । पहाड र नदीकिनारसम्म फैलिएका पहेँला फूलहरुबीच पर्यटकहरू घुमफिर गर्दै तस्बिर खिचिरहेका छन् र खुला वातावरणको आनन्द लिइरहेका छन् । स्थानीय प्रशासनका अनुसार फूल फुल्ने मौसममा यहाँ पर्यटक आगमन उल्लेखनीय रूपमा बढेको छ ।

null

त्यस्तै, करिब ५ सय किलोमिटर टाढा उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सिँढीदार (टेर्रेस) संरचनामा लगाइएका तोरीका बालीले सम्पूर्ण भू–दृश्यलाई पहेँलो रंगले ढाकेको छ । करिब २,६०० हेक्टर क्षेत्रफलमा फैलिएको तोरी बाली यतिबेला चरम फूल फुल्ने अवधिमा पुगेको जनाइएको छ, जसले पहाडभरि पहेँलो छटाको झरना जस्तै दृश्य सिर्जना गरेको छ ।

सान्सी प्रान्तबाट घुम्न आएका पर्यटक जियाङ गेले भने,‘म यहाँका तोरीका फूल हेर्न सान्सीबाट आएको हुँ । यो स्थान अत्यन्तै सुन्दर र मनमोहक छ ।’

वसन्तको आगमनसँगै फुलेका तोरीका फूलहरूले चीनका विभिन्न प्रान्तमा ग्रामीण पर्यटनलाई समेत प्रवद्र्धन गरिरहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सीसीटीभी

null​​​​​​​