शीर्षकहरू

१ बजेसम्म ४४ लाख मत खस्यो, उपत्यकामा ३६ प्रतिशत मतदान

१ बजेसम्म ४४ लाख मत खस्यो, उपत्यकामा ३६ प्रतिशत मतदान

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहीबार जारी मतदानमा दिउँसो १ बजेसम्म देशभरि ४४ लाख ५५ हजार ७९० मत खसेको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान देशभरका मतदान केन्द्रमा जारी रहेको छ ।

निर्वाचन आयोगका अनुसार १ बजेसम्म सबैभन्दा बढी काठमाडौं उपत्यकामा करिब ३६ प्रतिशत मतदान भएको छ । अन्य प्रदेशहरूमा पनि मतदाताको सहभागिता क्रमशः बढ्दै गएको जनाइएको छ ।

देशभरका मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने मतदाताहरू शान्तिपूर्ण रूपमा मतदानमा सहभागी भइरहेको आयोगले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १ करोड ८० लाखभन्दा बढी मतदाता रहेका छन् । मतदान बेलुकी ५ बजेसम्म जारी रहनेछ ।

null