काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहीबार जारी मतदानमा दिउँसो २ बजेसम्म देशभरि ६२ लाख २० हजार ४२ मत खसेको छ।
देशभरका १६५ निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ।
प्राप्त विवरणअनुसार दिउँसो २ बजेसम्म काठमाडौं उपत्यकामा सबैभन्दा बढी ४७ प्रतिशत मतदान भएको छ। त्यसपछि गण्डकी प्रदेशमा ३९ प्रतिशत मत खसेको जनाइएको छ।
देशभरका १० हजार ९६७ मतदान स्थलमा छिटपुट घटनाबाहेक मतदान सामान्य रूपमा भइरहेको छ। हालसम्म समग्रमा करिब ३३ प्रतिशत मत खसेको जनाइएको छ।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहीबार जारी मतदानमा दिउँसो २ बजेसम्म देशभरि ६२ लाख २० हजार ४२ मत खसेको छ।

आर्थिकन्यूज