बाजुरा । बाजुरामा अहिलेसम्म करिब ३४ हजार बढी मत खसेको छ । यहाँ ७७ मतदान स्थलका ११८ मतदान केन्द्र तथा एक अस्थायी मतदान केन्द्रमा सो सङ्ख्यामा मत खसेको हो ।
विहान ७ बजेदेखि यहाँका ९ वटै स्थानीय तहका विभिन्न मतदान स्थलमा शान्तिपूर्ण तवरले मतदान भइरहेकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विहान ७ बजेदेखि अहिलेसम्म(दिउँसो १ बजे) करिब ३४ हजार बढी मत खसेको हो । निर्वाचन भयरहित वातावरणमा भइरहेको छ । जिल्लाभर शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । उच्च जोखिममा रहेका मतदान स्थलमा उच्च सुरक्षा सतर्कता अपनाइएको उनले जानकारी दिए।
जिल्ला निर्वाचन अधिकारी भीमबहादुर शाहीका अनुसार हालसम्म जिल्लाभर करिब ३४ हजारभन्दा बढी मत खसिसकेको जानकारी दिए । बाजुरामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । विगतका जस्ता घटना घट्न नदिन अहिले सुरक्षा व्यवस्था मजबुत पारिएको छ । जिल्लामा हालसम्म कुनै अप्रिय घटना भने भएको छैन् ।
आर्थिकन्यूज