एजेन्सी । अमेरिका र ईरानबीच जारी युद्धका क्रममा अमेरिकाले आफ्नो शक्तिशाली अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल मिनुटम्यान–३ को परीक्षण गरेको छ। यस परीक्षणले अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको छ।
अमेरिकी वायुसेनाको ग्लोबल स्ट्राइक कमान्डले ३ मार्चमा क्यालिफोर्नियास्थित Vandenberg Space Force Base बाट उक्त मिसाइलको परीक्षण गरेको हो। यो मिसाइललाई ‘प्रलयकारी क्षेप्यास्त्र’ समेत भनिन्छ किनभने यसले पृथ्वीको जुनसुकै भागमा पनि प्रहार गर्न सक्ने क्षमता राख्छ।
वायुसेनाले जारी गरेको आधिकारिक विज्ञप्तिअनुसार यो परीक्षण पहिले नै योजना बनाइएको थियो र हालको भूराजनीतिक तनावसँग यसको सम्बन्ध नरहेको दाबी गरिएको छ। अमेरिकी पक्षले करिब ३०० वटा हतियार कार्यक्रमसँग सम्बन्धित परीक्षणमा काम भइरहेको र यस प्रकारका अभ्यास भविष्यका सैन्य विकासका लागि महत्वपूर्ण रहेको जनाएको छ।
परीक्षणका क्रममा मिसाइलका दुई रि–एन्ट्री भेहिकलले प्रशान्त महासागरस्थित मार्शल टापु समूहको Kwajalein Atoll क्षेत्रमा हजारौं माइल टाढा सटीक लक्ष्यमा प्रहार गरेको बताइएको छ।यस घटनाले युद्धकै बीच अमेरिकाले आफ्नो रणनीतिक सैन्य क्षमताको प्रदर्शन गरेको रूपमा विश्लेषण गरिएको छ।
आर्थिकन्यूज