शीर्षकहरू

कास्कीमा ३ बजेसम्म करिब ४९ प्रतिशत मत खस्यो, १ लाख ५१ हजार मतदाता सहभागी

कास्कीमा ३ बजेसम्म करिब ४९ प्रतिशत मत खस्यो, १ लाख ५१ हजार मतदाता सहभागी

काठमाडौँ। प्रतिनिधि सभा सदस्यका लागि भइरहेको निर्वाचनअन्तर्गत कास्कीमा दिउँसो ३ बजेसम्म करिब ४८.९८ प्रतिशत मत खसेको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार यस अवधिमा १ लाख ५१ हजार १४४ मतदाता मतदानमा सहभागी भएका छन्। यसमा ७९ हजार १२७ महिला, ७२ हजार १६ पुरुष र १ अन्य मतदाता रहेका छन्।

बिहीबार देशभर प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान भइरहेको छ। यस निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित हुनेछन्।

निर्वाचन कार्यालयले मतदाता सुरक्षा र मतदानको स्वच्छता कायम राख्न सबै मतदान केन्द्रमा आवश्यक व्यवस्था मिलाएको जनाएको छ।