काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बिहीबार दिउँसो ३ बजेसम्म देशभर ७४ लाख मत खसेको जनाइएको छ।
देशभरका १६५ निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ।
प्राप्त विवरणअनुसार १०,९६७ मतदान स्थलमा सामान्यतया मतदान भइरहेको छ भने अहिलेसम्म कुल मतदाताको करिब ४० प्रतिशतले मतदानमा भाग लिएका छन्।

आर्थिकन्यूज