शीर्षकहरू

४ बजेसम्म देशभर ८४ लाख मत खस्यो, कुन प्रदेशमा कति प्रतिशत मतदान ?

उपत्यकामा सबैभन्दा बढी ५४ प्रतिशत मतदान

४ बजेसम्म देशभर ८४ लाख मत खस्यो, कुन प्रदेशमा कति प्रतिशत मतदान ?

काठमाडौँ — प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बिहीबार दिउँसो पौने ४ बजेसम्म देशभर ८४ लाख मत खसेको छ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म कुल मतदाताको करिब ४५ प्रतिशतले मतदानमा भाग लिएका छन्।

प्रदेशअनुसार विवरण हेर्दा काठमाडौं उपत्यकामा सबैभन्दा बढी ५४ प्रतिशत मतदान भएको छ भने मधेश प्रदेशमा ३७ प्रतिशत मतदान भएको जानकारी दिइएको छ।

निर्वाचन आयोगका अनुसार कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये ८४ लाख ६० हजार ६ सय ७७ जनाले आफ्नो मत प्रयोग गरिसकेका छन्।

प्रदेशअनुसार मतदान प्रतिशत:

काठमाडौं उपत्यका: ५४%

गण्डकी र कर्णाली प्रदेश: ४८%

बागमती र लुम्बिनी प्रदेश: ४७%

कोशी प्रदेश: ४६%

सुदूरपश्चिम प्रदेश: ३९%

मधेस प्रदेश: ३७%

देशभर १६५ निर्वाचन क्षेत्रका १०,९६७ मतदान स्थलमा मतदान जारी छ। मतदान साँझ ५ बजेसम्म हुनेछ र अन्तिम मत प्रतिशत अझ बढ्ने अनुमान गरिएको छ।

null