काठमाडौं । झापा–५ मा बिहीबार दिउँसो ३ बजेसम्म करिब ५५ प्रतिशत मतदान भएको निर्वाचन अधिकृत विदुरकुमार कार्कीले जानकारी दिएका छन्। उक्त क्षेत्रमा कुल १ लाख ६३ हजार ३७९ मतदाता रहेका छन्।
यस क्षेत्रमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवारका रूपमा प्रतिस्पर्धामा छन्।
अन्य क्षेत्रको मतदान अवस्था
झापा–१ मा ४४ प्रतिशत, झापा–२ मा ४४ प्रतिशत, झापा–३ मा ३९ प्रतिशत र झापा–४ मा ३१ प्रतिशत मतदान भएको छ। पाँच निर्वाचन क्षेत्र रहेको झापामा समग्रमा करिब ४१ प्रतिशत मत खसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
झापाबाट पूर्वसभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानामगर र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेन समेत उम्मेदवार छन्।
आर्थिकन्यूज