काठमाडौं । झापा–५ मा अपराह्न ४ बजेसम्म ९९ हजार ८१९ मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल खसेको मतमध्ये ५३ हजार ६५६ महिला र ४६ हजार १६३ पुरुष मतदाता रहेका छन् ।
मतदान बिहानैदेखि उत्साहजनक रूपमा भइरहेको र अधिकांश मतदान केन्द्रमा मतदाताको उपस्थिति राम्रो देखिएको जनाइएको छ । मतदान साँझसम्म जारी रहने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आर्थिकन्यूज