काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान निर्वाचन आयोगले जनाएको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले देशभरबाट प्राप्त विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको जानकारी दिए। उनले भने, “पूरा विवरण संकलन भइरहेको छ।”
यस निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका थिए। तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य मतदाता थिए।
आर्थिकन्यूज