शीर्षकहरू

काठमाडौं-१ मा आज राति मतगणना सुरू

काठमाडौं-१ मा आज राति मतगणना सुरू

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना आज राति सुरू हुने भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी रमेश थापाका अनुसार सर्वदलीय सहमतिअनुसार साढे १० बजेपछि गणना प्रारम्भ गर्ने निर्णय भएको छ।

यस क्षेत्रमा नेपाली कांग्रेसका प्रबल थापा, राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शना, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।

काठमाडौं महानगरका वडा नम्बर १०, ११, २९ र ३१ समेटिएको यो क्षेत्रमा गणना तयारी पूरा भइसकेको छ। अन्य निर्वाचन क्षेत्रमा पनि गणना सुरू गर्ने समयबारे सर्वदलीय बैठक चलिरहेको र आचारसंहितासम्बन्धी छलफल भइरहेको एसपी थापाले जानकारी दिए।