शीर्षकहरू

भारत चौथो पटक टी-२० विश्वकपको फाइनलमा प्रवेश

भारत चौथो पटक टी-२० विश्वकपको फाइनलमा प्रवेश

एजेन्सी । भारत चौथो पटक टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको दोस्रो सेमीफाइनलमा भारतले इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। यसअघि भारत २००७, २०१४ र २०२४ मा पनि फाइनलसम्म पुगेको थियो।

मुंबईको वानखेड़े रंगशालामा इंग्ल्यान्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। भारतले २० ओभरमा ७ विकेट गुमाउँदै २५३ रन बनायो। जवाफमा २५४ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ७ विकेटमा २४६ रन मात्र बनाउन सक्यो। इंग्ल्यान्डका ज्याकब बेथेलले ४८ बलमा १०५ रनको शानदार पारी खेले पनि टोलीलाई फाइनलमा पुर्‍याउन सकेनन्।