शीर्षकहरू

पेट्रोल–डिजेलको मूल्य बढ्ने जोखिम तत्कालका लागि टर्यो

पेट्रोल–डिजेलको मूल्य बढ्ने जोखिम तत्कालका लागि टर्यो

एजेन्सी । भारतमा पेट्रोल–डिजेलको मूल्य बढ्ने जोखिम तत्कालका लागि टरेको छ। रूसबाट कच्चा तेल खरिद गर्न अमेरिकाले भारतलाई अस्थायी अनुमति दिएपछि यस्तो अवस्था बनेको हो। अमेरिकी ट्रेजरी विभागले भारतीय रिफाइनरीहरूलाई ३० दिनका लागि विशेष लाइसेन्स दिएको छ, जुन ३ अप्रिलसम्म मान्य रहनेछ।

अमेरिकी ट्रेजरी सचिव स्कट बेसन्टले मार्च ६ मा जानकारी दिँदै राष्ट्रपति डोनाल्ड ट्रम्पको ऊर्जा एजेन्डाअन्तर्गत यो अस्थायी कदम चालिएको बताएका छन्। उनका अनुसार भारत अमेरिका लागि महत्वपूर्ण साझेदार भएकाले विश्व बजारमा तेल आपूर्ति स्थिर राख्न यो छुट दिइएको हो।

अमेरिकाबाट पनि तेल खरिद बढ्ने अपेक्षा

बेसन्टले इरानले विश्व ऊर्जा बजारलाई दबाबमा पार्ने प्रयास गरिरहेको आरोप लगाउँदै त्यसको प्रभाव कम गर्न भारतलाई ३० दिनको छुट दिइएको बताए। उनले यसपछि भारतले अमेरिकाबाट तेल खरिद पनि बढाउने अपेक्षा गरिएको उल्लेख गरे। अमेरिकाको धारणा अनुसार यस कदमले विश्व बजारमा तेलको अभाव हुन दिने छैन।

मार्च ५ सम्म लोड भएका जहाजबाट मात्र आपूर्ति

अमेरिकी ट्रेजरी विभागको ‘अफिस अफ फरेन एसेट्स कन्ट्रोल’ले जारी गरेको लाइसेन्सअनुसार मार्च ५ सम्म जहाजमा लोड भइसकेको रूसी कच्चा तेल मात्रै भारतले खरिद गर्न पाउनेछ। अर्थात् समुद्रमा पहिले नै पठाइएका ढुवानीबाट मात्र आपूर्ति हुनेछ।