काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहेको छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म दुई क्षेत्रको नतिजा सार्वजनिक भएको छ भने ९१ क्षेत्रको मतगणना भइरहेको छ।
प्रारम्भिक नतिजाअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक क्षेत्रको जित हासिल गर्दै ७० क्षेत्रमा अग्रता बनाएको छ।
नेपाली कांग्रेसले एक क्षेत्रमा जीत निकाल्दा ८ क्षेत्रमा अग्रता बनाएको छ। नेकपा (एमाले) ले ४, नेकपा (एकीकृत) ले ५ क्षेत्रमा अग्रता कायम गरेको छ भने राप्रपाले १ क्षेत्रमा अग्रता बनाएको छ। स्वतन्त्र र अन्य साना दलले ३ क्षेत्रमा अग्रता बनाएका छन्।
मतगणना भइरहेका केही अन्य क्षेत्रहरूमा काम चलिरहेको छ भने कतिपय क्षेत्रमा मतपेटिका संकलनको अन्तिम तयारी भइरहेको छ।
आर्थिकन्यूज