एजेन्सी । अमेरिका–इजरायल र ईरानबीच जारी युद्ध सातौँ दिनमा प्रवेश गरेको छ। इरानी रेड क्रिसेन्ट सोसाइटीका अनुसार अमेरिकी र इजरायली हमलाका कारण देशभर ३ हजारभन्दा बढी घर र करिब ५०० पसलमा क्षति पुगेको छ। सबैभन्दा बढी असर राजधानी तेहरानमा परेको बताइएको छ।
संस्थाका अनुसार आक्रमणमा १४ अस्पताल तथा औषधि केन्द्र पनि क्षतिग्रस्त भएका छन्। साथै राहत कार्यमा खटिएका ५ जना कर्मचारी घाइते भएका छन्। यस युद्धमा हालसम्म ईरानमा १ हजार २०० भन्दा बढी मानिसको मृत्यु भइसकेको बताइएको छ।
इजरायली सञ्चारमाध्यम YNET का अनुसार इजरायली हमलामा करिब ३०० ईरानी मिसाइल लन्चर नष्ट भएका छन्। युद्धका कारण देशका धेरै क्षेत्रमा विद्युत् र पानी आपूर्ति अवरुद्ध भएको छ । जसले जनजीवन थप प्रभावित बनाएको छ।
आर्थिकन्यूज