काठमाडौं । चितवन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोबिता गौतमले मतगणनामा फराकिलो अग्रता कायम राखेकी छन्।
हालसम्म १९ हजार ४५ मत गणना हुँदा गौतमले ९ हजार ८७९ मत प्राप्त गरेकी छन्। उनी नेकपाकी उम्मेदवार रेनु दाहालभन्दा ४ हजार ६२३ मतले अगाडि छिन्।
रेनु दाहालले ५ हजार २५६ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेकी छन्।
यसैगरी नेकपा एमालेका टेकप्रसाद गुरुङले १ हजार ४६५ मत पाएका छन्।
आर्थिकन्यूज