शीर्षकहरू

काठमाडौं उपत्यकामा रास्वपाको दबदबा, १४ क्षेत्रमा फराकिलो अग्रता

काठमाडौं उपत्यकामा रास्वपाको दबदबा, १४ क्षेत्रमा फराकिलो अग्रता

काठमाडौं। काठमाडौं उपत्यकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो मतान्तरसहित अग्रता कायम गरेको छ। काठमाडौंका १० वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा रास्वपाले लिड गरेको छ भने ललितपुर र भक्तपुरका अधिकांश क्षेत्रमा पनि रास्वपाको अग्रता देखिएको छ। काठमाडौं क्षेत्र नम्बर १ मा रास्वपाकी उम्मेदवार रन्जु न्यौपाने भारी मतान्तरसहित विजयी भइसकेकी छन्।

ललितपुरका तीन निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा रास्वपाले अग्रता लिएको छ भने भक्तपुरका दुवै क्षेत्रमा पनि रास्वपाले लिड कायम गरेको छ।

काठमाडौं क्षेत्र नम्बर २ मा रास्वपाका सुनिल केसीले अग्रता लिएका छन्। हालसम्म उनले ७ हजार १०१ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका कबिर शर्माले २ हजार ४७८, राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेलले १ हजार ६३० र नेकपा (एमाले) का मणिराम फुयाँलले १ हजार ३८१ मत प्राप्त गरेका छन्।

काठमाडौं क्षेत्र नम्बर ३ मा रास्वपाका राजुनाथ पाण्डेले ११ हजार १३८ मतसहित फराकिलो अग्रता लिएका छन्। उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ६ हजार ६९९ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका रमेश अर्यालले ३ हजार ८९८ र नेकपा (एमाले) का रामेश्वर फुयाँलले १ हजार ९४४ मत प्राप्त गरेका छन्।

काठमाडौं क्षेत्र नम्बर ४ मा रास्वपाका पुकार बमले १२ हजार १९२ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका सचिन तिमिल्सिनाले ३ हजार ४३२, नेकपा (एमाले) का राजन भट्टराईले २ हजार ८४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सुरेन्द्रराज भण्डारीले ६१० मत प्राप्त गरेका छन्।

काठमाडौं क्षेत्र नम्बर ५ मा रास्वपाका सस्मित पोखरेलले १३ हजार ७०८ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका प्रदीप पौडेलले ४ हजार २१९, नेकपा (एमाले) का ईश्वर पोखरेलले २ हजार २७१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले ७४७ मत प्राप्त गरेका छन्।

काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपाका शिखिर खनालले २० हजार ९९२ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ५ हजार १२७ मत प्राप्त गरेका छन्। नेकपा (एमाले) का अमनकुमार मास्केले ३ हजार ६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव राज भेटवालले २९० मत प्राप्त गरेका छन्।

काठमाडौं क्षेत्र नम्बर ७ मा रास्वपाका गणेश पराजुलीले ११ हजार ५४९ मत प्राप्त गरेका छन्। नेकपा (एमाले) का प्रकाश श्रेष्ठले १ हजार ९७८, नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईंले १ हजार ५९५ र कम्युनिष्ट पार्टीका बसन्तप्रसाद मानन्धरले १ हजार ५५७ मत प्राप्त गरेका छन्।

काठमाडौं क्षेत्र नम्बर ८ मा रास्वपाका विराजभक्त श्रेष्ठले १८ हजार १११ मत प्राप्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीका सुमन सायमीले २ हजार ३१४, नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ५० र राष्ट्रिय प्रजातन्त्र पार्टीका नवीन शाहीले १ हजार ३३४ मत प्राप्त गरेका छन्।

काठमाडौं क्षेत्र नम्बर ९ मा रास्वपाका डोलप्रसाद अर्यालले ९ हजार ७८ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसकी नानुमैयाँ बास्तोलाले १ हजार ७६२, नेकपा (एमाले) का अजय क्रान्ति शाक्यले १ हजार ४१५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलकुमार कार्कीले ३९६ मत प्राप्त गरेका छन्।

काठमाडौं क्षेत्र नम्बर १० मा रास्वपाका प्रदीप विष्टले १० हजार ४०२ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका हिमाल कार्कीले २ हजार ७४४, नेकपा (एमाले) का विनोद श्रेष्ठले १ हजार ६५४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले १ हजार २७४ मत प्राप्त गरेका छन्।

ललितपुरका तीन निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा रास्वपाले अग्रता लिएको छ। ललितपुर क्षेत्र नम्बर ३ मा रास्वपाकी तोसिमा कार्कीले ८ हजार ८७१ मत प्राप्त गरेकी छन्। नेपाली कांग्रेसका जीतेन्द्रकुमार श्रेष्ठले १ हजार ४९९, नेपाल कम्युनिष्ट पार्टीका राजकाजी महर्जनले ९१२ र नेकपा (एमाले) का सन्दन थापा मगरले ६३६ मत प्राप्त गरेका छन्।

ललितपुर क्षेत्र नम्बर २ मा रास्वपाका जगदीश खरेलले ३ हजार १९९ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ४९३, नेकपा (एमाले) का प्रेमबहादुर महर्जनले ४०७ र उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकारले १५५ मत प्राप्त गरेका छन्।

ललितपुर क्षेत्र नम्बर १ मा भने नेपाली कांग्रेसका उदयशमशेर राणाले ५ हजार ४ मत प्राप्त गर्दै अग्रता लिएका छन्। रास्वपाका बुद्धरत्न महर्जनले ३ हजार २४३ मत प्राप्त गरेका छन्।

भक्तपुर क्षेत्र नम्बर १ मा रास्वपाका रुकेश रन्जितले ९ हजार ८०४ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका किरण न्यौपानेले ६ हजार ११८, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले ५ हजार ५५ र नेकपा (एमाले) का सोमप्रसाद मिश्रले १ हजार ६ मत प्राप्त गरेका छन्।

भक्तपुर क्षेत्र नम्बर २ मा रास्वपाका राजीव खत्रीले ८ हजार ५२० मत प्राप्त गरेका छन्। नेकपा (एमाले) का महेश बस्नेतले २ हजार ८८७, नेपाली कांग्रेसका कविर राणाले १ हजार ५०३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २८७ मत प्राप्त गरेको छ।