काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको पछिल्लो मतगणना अनुसार झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन साहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पछि पारेका छन्।
रास्वपा (घण्टी) १३,६५४ मत ल्याउदा नेकपा एमाले (सूर्य) ३,०११ मत पाएको छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो) ४०३ मत, नेपाली कांग्रेस (रुख) ३७० मत ल्याएको छ । यस प्रारम्भिक नतिजाले झापा(५ मा रास्वपाको बलियो उपस्थिति देखाएको छ। अन्तिम परिणाम भने निर्वाचन आयोगले औपचारिक रूपमा घोषणा गरेपछि मात्र पुष्टि हुनेछ।
आर्थिकन्यूज