शीर्षकहरू

कोशीका पहाडी क्षेत्रमा श्रम संस्कृति पार्टीको रास्वपालाई अवरोध

कोशीका पहाडी क्षेत्रमा श्रम संस्कृति पार्टीको रास्वपालाई अवरोध

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधि सभा निर्वाचनमा कोशी प्रदेशका पहाडी जिल्लाहरूमा उल्लेखनीय नतिजा ल्याएको छ। प्रारम्भिक मतगणना अनुसार खोटाङ, उदयपुर–२, भोजपुर, पाँचथर, धनकुटा र इलाम–२ गरी ६ निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारहरूले अग्रता कायम गरेका छन्।  

भोजपुरमा श्रम संस्कृतिका ध्रुवराज राईले ४६७ मतसहित अग्रता लिँदा एमालेका शेरधन राईले ४६० मत पाएका छन्। धनकुटामा सानबहादुर राईले ३,२३७ मतसहित अग्रता कायम राखेका छन् भने पूर्वमन्त्री राजेन्द्र राई २,३९९ मतसहित पछाडि छन्।  

उदयपुर–२ मा बलराज राई ५२९ मतसहित अगाडि छन्। पाँचथरमा हस्तराज शेर्माले ६५६ मत प्राप्त गर्दै अग्रता लिएका छन्। इलाम–२ मा सुदीप राई १,५०४ मतसहित अगाडि छन् भने एमालेका सुहाङ नेम्वाङ १,३६० मतसहित पछ्याइरहेका छन्।  

हर्क साम्पाङको गृह जिल्ला खोटाङमा पनि श्रम संस्कृतिका आरेन राई ४०५ मतसहित अग्रता लिएका छन्।  तर, पार्टी अध्यक्ष हर्क साम्पाङ भने आफ्नै क्षेत्रमा पछाडि परेका छन्। पछिल्लो नतिजा अनुसार रास्वपाकी गोमा तामाङ १,०१५ मतसहित अगाडि छन् भने हर्क साम्पाङले ३०३ मत मात्र पाएका छन्।