काठमाडौं । काठमाडौं जिल्लाका सबै १० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्।
९ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ भने काठमाडौं–२ मा रास्वपाका उम्मेदवार सुनिल केसीले ठूलो मतान्तरले अग्रता कायम गरेसँगै उनको जित लगभग निश्चित भएको छ। उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कविर शर्मालाई करिब १९ हजार मतले पछि पारेका छन्।
काठमाडौं–१ मा रञ्जु न्यौपाने (दर्शना), काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल र काठमाडौं–६ मा शिशिर खनाल विजयी भएका छन्।
त्यस्तै काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं–९ मा डोलप्रसाद अर्याल र काठमाडौं–१० मा प्रदीप विष्ट निर्वाचित भएका छन्।
यससँगै काठमाडौं जिल्लाका सबै १० निर्वाचन क्षेत्रमा रास्वपाले ‘क्लिन स्वीप’ गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ।
आर्थिकन्यूज