शीर्षकहरू

प्रारम्भिक नतिजामा प्रत्यक्ष र समानुपातिक दुबैमा रास्वपाको बलियो अग्रता, १९ स्थानमा विजयी

प्रारम्भिक नतिजामा प्रत्यक्ष र समानुपातिक दुबैमा रास्वपाको बलियो अग्रता, १९ स्थानमा विजयी

काठमाडौं । ताजा मतगणना विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर उल्लेखनीय सफलता हासिल गर्दै अग्रता कायम गरेको छ। रास्वपा अग्रता ९८, जित १९, कुल ११७ सिट, समानुपातिक मत २२,४४२ प्राप्त गरेको छ । त्यस्तै, नेपाली कांग्रेस अग्रता ९, जित ५, कुल १४ सिट, समानुपातिक मत ७,५०५ पाएको छ । नेकपा एमाले अग्रता १०, जित १, कुल ११ सिट, समानुपातिक मत २,९९० मात्र पाएको छ । 

त्यस्तै, नेकपा (माओवादी केन्द्र) अग्रता १०, जित २, कुल १२ सिट, समानुपातिक मत ९५१ मात्र पाएको छ । श्रम संस्कृति पार्टी अग्रता ६, जित –, कुल ६ सिट, समानुपातिक मत ९६० पाएको छ भने राप्रपा अग्रता १, जित –, कुल १ सिट, समानुपातिक मत ३,१६९ मत पाएको छ । प्रलोपा अग्रता –, जित –, कुल –, समानुपातिक मत ६२ र स्वतन्त्र अग्रता १, जित –, कुल १ सिट पाएका छ ।