शीर्षकहरू

सर्लाही-४ मा अमरेशकुमार सिंहको फराकिलो अग्रता कायम

सर्लाही-४ मा अमरेशकुमार सिंहको फराकिलो अग्रता कायम

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापामाथि फराकिलो अग्रता कायम गरेका छन्।

पछिल्लो विवरण अनुसार सिंहले ९,०३७ मत प्राप्त गरेका छन् भने थापाले ५,८२८ मत ल्याएका छन्। यसरी थापा सिंहभन्दा करिब ३,२०० मतले पछि परेका छन्। निर्वाचन अधिकृतको कार्यालयले केही बेरअघि अद्यावधिक विवरण सार्वजनिक गरेको हो।

यस क्षेत्रमा नेकपा एमालेका अमनिशकुमार यादवले १,४२२ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका राकेश मिश्रले ४६८ मत ल्याएका छन्।