काठमाडौं । बिहीबार सम्पन्न निर्वाचनपछि प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना जारी छ।
निर्वाचन आयोगका अनुसार शनिबार बिहान ५ बजेसम्म समानुपातिकतर्फ कुल ३९ हजार ४८३ मत गणना भइसकेको छ। हालसम्मको नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उल्लेख्य मतान्तरसहित अग्रस्थानमा देखिएको छ।
रास्वपाले २२ हजार ४४२ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ७ हजार ५०५ मत ल्याएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३ हजार १६९ मतसहित तेस्रो स्थानमा छ।
नेकपा एमाले २ हजार ९९० मतसहित चौथो स्थानमा छ।
अन्य दलमध्ये श्रम संस्कृति पार्टीले ९६०, नेपाली कम्युनिस्ट पार्टीले ९५१, राष्ट्रिय परिवर्तन पार्टीले ५३५ मत प्राप्त गरेका छन्।
यस्तै नेपाल मजदुर किसान पार्टीले १६६, नेपाल जनता संरक्षण पार्टीले ९९ मत ल्याएका छन्।
यसैगरी चिह्न ‘चकिया (जाँतो)’ रहेको दलले ८४, प्रगतिशील लोकतान्त्रिक पार्टीले ६२, जनता समाजवादी पार्टी नेपालले ४४ तथा संयुक्त नागरिक पार्टीले ३९ मत प्राप्त गरेका छन्।
मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन समय लाग्ने निर्वाचन आयोगले जनाएको छ।
आर्थिकन्यूज